🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

हेटौंडा । सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तह मध्ये पाँच वटा पालिकाको प्रमुख कांग्रेसले पाउने सहमति भएको हो । तीन वटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएको छ । 

कांग्रेसले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले ईन्द्रसरोबर गाउँपालिका पाउने सहमति भएको हो ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, बागमती गाउँपालिका पाउने छ भने नेकपा माओवादीले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका पाउने सहमति भएको छ । नेकपा एसले कुनै पनि पालिकाको उपप्रमुख पाएको छैन ।