🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौं असनमा रहेको मानमन्दिर नै पहिलाे आर्मी हेडक्वार्टर

काठमाडाैं । यहाँ प्रस्तुत यो तस्बिरमा देखिएको भवन हाल काठमाडौंको असन-बाल कुमारीमा रहेकाे छ। विक्रम सम्वत १८३३ मा प्रधानसेनापति अभिमानसिंह बस्न्यातले बनाएको  निजी निवास थियो भन्ने इतिहास भेटिन्छ ।

 इतिहास अनुसार,  यस भवनको नाम "मान मन्दिर " हो । यो घरको अगाडि भित्तामा करिब ७० जना जति सैनिकको मूर्ति र चित्रहरु छन् । उस बखत नेपाली सेनाकाे एउटा कम्पनी (गुल्म) मा कति फौज हुन्थे र अगाडिदेखि पछाडिसम्म के के दर्जा, के के हतियार हुन्थ्यो भन्ने सैनिक प्रमाण अहिले  पनि जिवन्त रहेकाे छ। त्यस बखतका प्रधानसेनापतिको याे निवास नै सैनिक मुख्यालय (Army Headquarter)हुने प्रचलन थियाे । याे पछि राणा श्री ३ महाराजका पालासम्म पनि थियो । तसर्थ  यही  भवन नै उस बखतको नेपाल आर्मीकाे हेडक्वार्टरसमेत रहेकाे थियो भनेर इतिहासले मानेकाे पाइछ ।

 यी नेपाली सैनिकहरुको मूर्ति चित्रले गर्दा मान मन्दिरलाई "पल्टन घर" र  "तिलंगा घर"  भन्न  र मान्न थाल्याे समाजले । पल्टन र तिलंगा दुबैको अर्थ  फौज अर्थात सेना हो ।  अहिले यो घर तिलङा घरको नामले बढी प्रख्यात रहेकाे छ।

  प्रधानसेनापति  शिवराम सिंह बस्न्यातका ४ छोरा थिए : ४ छोराहरूमा काजी नाहारसिंह, प्रधान सेनापति  केहरसिंह, प्रधान सेनापति  अभिमानसिंह र मन्त्री काजी धौकल ( धोकल ) सिंह बस्न्यात  हुन। धौकलसिंह बस्न्यातले पनि "कीर्ति मन्दिर " नामको निजी निवास र नारायणको मन्दिर बनाए । जुन स्थान हाल नारायण हिटी राजदरबारले प्रख्यात छ।

श्री ३ वीर शम्शेर राणाले  "कीर्ति मन्दिर "  भत्काएर अर्को भवन बनाएका थिए । नारायणहिटी र लाल दरबार ईलाका धौकलसिंहको थियो । उस बखत त्यो ईलाकाको नाम नारायणहिटी थिएन।
प्रेम