🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ

 

काठमाडौं, १५ वैशाख : गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका-२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई वैशाख १४ गते बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाएको खबर छ ।