🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धनगढीमा परिवार दलबाट परेकाे उपमेयरको उम्मेदवारी रद्द

धनगढी । समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । 

नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी थिइन् ।

समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उनको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

उनका अनुसार धनगढी- ५ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ । 

यसैगरी धनगढी-६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको नामसमेत रद्द गरिएको छ ।