दिल्ली, चैत्र २५ \\ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यही बर्ष (सन २०१८ मै) नेपाल भ्रमण गर्ने सम्भावना छ।
कर्नाटकको निर्वाचनपछि नरेन्द्र मोदीले नेपालको भ्रमण गर्ने र दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गर्ने सम्भावना रहेको भारतीय अधिकारीले बताए।
“भारतीय प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीको निम्ता स्वीकार गर्नुभएको छ । सम्भवत यही वर्ष उहाँको नेपाल भ्रमण हुनेछ र अरुणको शिलान्यास त्यहिबेला हुनसक्छ”, परराष्ट्रमन्त्री ज्ञवालीले भने।



