🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यक्ष राजभण्डारीद्वारा राजीनामा

चितवन, २५ चैत (रासस) : भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले आज राजीनामा दिएका  छन्  ।

गत पुस २५ गते दुई वर्षका लागि अध्यक्षमा नियुक्त  भएका राजभण्डारीले अवधि छँदै राजीनामा दिएका हुन्  ।

उनले अस्पताल विकास समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वको बीचमा कार्यसम्पादन गर्ने सिलसिलामा असमझदारी बढेको भन्दै राजीनामा दिएका छन्  ।

राजभण्डारीले मन्त्रालयले अस्पताल विकास समितिको दैनिक एवं स्वभाविक क्रियाकलापमाथि ठाडो हस्तक्षेप गरेकाले कार्यसम्पादनमा असहजता महसुस गरी राजीनामा दिएको बताउनुभयो ।

सरकारलाई आगामी दिनमा आफू अनकूल कार्य सम्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गर्दै आजैका मितिदेखि लागू हुने गरी अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएको बताए।

अस्पतालमा अध्यक्ष भएसँगै अस्पतालले मेडिकल कलेजलाई भाडामा दिएको जग्गाको भाडा पुनरावलोकन गर्ने अडान लिँदै आएका राजभण्डारीलाई पछिल्लो समय मेडिकल कलेजको अनुकूल हुने गरी भाडा समायोजन गर्न दबाब बढेपछि उनले राजीनामा दिएको बताइएको छ ।

राजभण्डारीको १५ महिने कार्यकालमा महत्वपूर्ण कार्य भएका छन् । उनले अस्पतालबाट बैठक भत्ताबापत प्राप्त रकम पनि अस्पतालमै रहेको गरिब तथा विपन्न नागरिक कोषमा जम्मा गरेका छन्।