🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

काठमाडौं, १९ वैशाख  : धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् । 

उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर, तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो । 

यस विषयमा गृह मन्त्रालयले भने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारे । नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृह सचिव पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने उनले बताए । 

न्युज कारखाना