🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विप्लव नेतृत्वकाे नेकपा चितवन भेलाबाट औपचारिक रुपमा विभाजन

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन भएको छ । महासचिव विप्लवले कारबाही गरेका सचिवालय सदस्य हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोलालाई कारबाही गरेपछि २०७९ वैशाख २१ गतेबाट सुरु भएको असन्तुष्ट पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले विभाजनलाई औपचारिकता दिएको हो ।

   भेलाले महासचिव विप्लवलाई कारबाही गर्ने निर्णय गरेर प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई हटाउने निर्णय गरेको थियो । भेलाले उक्त निर्णय गरेर नेकपाको संयोजकमा धर्मेन्द्र बास्तोलालाई जिम्मा दिएको छ । तिनै बास्तोलाले राजनीतिक प्रतिवेदन पेश गरेका छन् र उक्त प्रतिवेदनमाथि समूहगत छलफल पनि सुरु भएको छ ।

\"\"
त्यसको प्रतिक्रियामा प्रकाण्डले भने केन्द्रीय सदस्य उदयबहादुर चलाउने दीपक र गुणराज लोहनीलाई कारबाही गरेको छ । लोहनी कुनै बेला विप्लवको सचिवायलमा काम गरेका नेता हुन् । माओवादी आन्दोलनमा सुरुदेखि नै जोडिएका लोहनीले शिक्षकको आन्दोलन हाँकेका थिए । प्रचण्डसँग वैचारिक मत भिन्नतापछि विभाजि हुँदा मोहन बैद्य हुँदै विप्लवसम्म पुगेका लोहनीले लामो समय विप्लवको सचिवालयमा काम गरेका थिए ।

 तीन बर्षअघि सरकारले विप्लवसँग वार्ता गर्ने भनेर सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाउँदा विप्लवको तर्फबाट लोहनी सर्म्पक हुने गरेका थिए । विप्लवको विश्वास पात्रको रुपमा रहेका लोहनी केही महिनाअघि देखि भने विप्लवसँग टाढिएका थिए । विप्लवले चुनावी लाइन लिन थालेपछि लोहनीले कित्ता क्लियर गरेका हुन् ।

त्यसैगरी, उदयबहादुर चलाउने पनि एक समय विप्लव र प्रकाण्डको विश्वास पात्र थिए । विप्लव माओवादीमा सैन्य फाँटतर्फको नेता नै हुन चलाउने । उनी गत बर्ष सरकारसँग भएको वार्ता समितिको सदस्य पनि थिए । वार्ताका लागि गतिलो वातावरण बनाउने सर्म्पक सूत्रको रुपमा रहेका चलाउने पनि अहिले विप्लवको निशानामा परेका हुन् ।

विप्लवको चुनावी लाइनको विपक्षमा उभिएका उनीहरुलाई कारबाही गर्ने क्रममा प्रकाण्डले पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने ,जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने,पार्टी नेत्रृत्वको विरुद्ध विष बमन गर्ने अन्ततः पार्टी , एकीकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासनविरुद्ब अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य दीपक चलाउने र गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको वैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको जनाइएको छ ।

चितवनको भेलामा ६९ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये ३८ जना सहभागी भएको वली र वास्तोला पक्षको दाबी रहेको छ ।  त्यसैले उनीहरुले बहुमत पक्षको भेला भनेर प्रचार पनि गरेका छन् । तर, विप्लव पक्षीय नेताहरुले भने एकदर्जन नेता पनि जम्मा पार्न नसकेको दाबी गरेका छन् । विप्लव पक्षले निलम्बित २ जना सचिवालय सदस्य, तीन जना केन्द्रीय सदस्य र ६ जना वैकल्पिक केन्द्रीय सदस्यमात्रै चितवन भेलामा गएको दाबी गरेका छन् ।

यद्यपि, वली र बास्तोलाको पक्षमा जनवर्गीय संगठन र केन्द्रीय सदस्यको ठूलै पंक्ति सहभागी भएको चितवनमा रहेका एक विद्यार्थी नेताले जानकारी दिए । ती नेताका अनुसार चुनावको विपक्षमा मत राख्ने अधिकांक केन्द्रीय सदस्यहरु भेलामा सहभागी भएको छन्न । वैशाख २१ गते भएकाे चितवन भेलाकाे असारे काकाले भेलाको अध्यक्षता गरेका थिए भने चित्रबहादुर आलेले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसैले सल्लाहकार समितिबाट सबै सदस्यहरु सहभागी भएको पनि बताइएको छ ।