🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हाम्रो एयरपोर्टमा भ्यागुता आकारका अनुहार न दनुहारका घीनलाग्दा कर्मचारी !

पर्यटनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको यात्रु-प्रतीक्षालय (waiting chamber) मा २०० कुर्सी राख्न र AC जडान गर्न लगाउनु भएछ । यो अति सानो भएपनि राम्रो शुरुवात हो; मान्नुपर्छ । अरु देशका अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने भब्यसंरचना र चुस्त ब्यबस्थापन हेर्दाउनीहरुको तुलनामा हाम्रो यो अन्तर्राष्ट्रिय बिमानस्थल Domestic Airport भन्दापनि फुच्चे छ । अझै खर्च नलाग्ने, ब्यबस्थापन मिलाए मात्र पुग्ने निम्न ३ वटा मात्र बिषयमा ध्यान दिन मन्त्रीले सक्नुहुन्छ र गर्न आवश्यक छ ।  

१, विदेशी पर्यटक आएपछि पहिलो नजर बिमानस्थलका कर्मचारीमाथि पर्छ । पुट्ट भुँडी उठेका भ्यागुता आकारका मानिस भएका कर्मचारीहरु, अनुहार न दनुहारका, रातभरि रक्सी खाएर राता-राता आँखा पारेका अनिंदो चेहराहरु, छिद्रा गाला र घुस खोजिरहेका बुढ्यौली, बासी अनुहारहरुको तस्विर (कर्मचारीहरु) बिमानस्थलको लागि ठुलो घातक दृष्य हो । यस्को असर पर्यटन क्षेत्रले भोगिरहेको छ । अहिले भएका सबै कर्मचारीहरुलाइ परिवर्तन गर्न अत्यन्त आवश्यक छ । मिठो बोली, सहज ब्यबहार आकर्षक युवायुवती बिमानस्थलका गहना हुन् । अन्य देशका बिमानस्थलमा यो अनिवार्य छ । त्यसैले, उमेरले युवा मात्र होइन, Smart, Handosome, Beautifull, शिष्ट सबै गुण भएका कर्मचारीहरु तुरुन्त भर्ति गरियोस् ।
 

२, बिमानबाट ओर्लेदेखि बिमानस्थलबाट बाहिरिंदासम्म कुनै प्रकारको असुविधा यात्रुहरुले भोग्ननपरोस । जस्तै, सार्वजनिक सवारी असुविधा, यात्रुमाथिको अभद्र ब्यबहार, दुर्गन्धित शौचालय, फोहोर बिश्रामस्थलहरु र फोहोरी र महँगा रेष्टुरेण्टहरु ।
 

३, रङ्गरोगन, एकै प्रकारको वा आकर्षक होस् । शौचालयदेखि भुईंका फोहोर, डस्टविन आदि इत्यादिको ब्यबस्थापनमा ध्यान दिइयोस् । कर्मचारीको गुणस्तर बढाएर हरेक जिम्मेवारी लिने ब्यक्ति तालिम प्राप्त होस् ।

-Binod Tripathi