🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्ता कामहरु पो गर्ने भयो नेपाल सरकारले !

काठमाडौं, चैत्र २६ \\    बैज्ञानिक भूमिसुधार दुई वर्षभित्र गर्ने, भूकम्पको पुनर्निर्माण एक बर्षभित्र सक्ने, बाढिपहिरोपीडितका लागि घर निर्माण गर्ने, रोजगारी व्यवस्थाका लागि राष्ट्रिय रोजगार प्राधिकरण गठन गरिहाल्ने, सडक, विद्युत, रेलमार्ग, उद्योग, पर्यटनको विकास, गरीबका लागि सुपथ पसल लगायतका महत्वाकाङ्क्षी कार्ययोजनाको खाका  वाम कार्यदलले प्रस्तुत गरेको छ ।

गत माघ ७ गते उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा विकास प्राथमिकता तथा सुशासन सम्बन्धमा सुझाव दिन एमाले र माओवादीका केन्द्रीय तहका नेताहरूसहितको कार्यदल गठन गरिएको थियो । कार्यदलले गत फागुन ६ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । 

निर्वाचनअघि जारी गरिएको संयुक्त घोषणपत्रमा उल्लेख भएका योजनालाई कसरी मूर्तरूप दिने भन्नेमा केन्द्रित रहेको कार्यदलले २८ बुँदामा कार्ययोजनाको खाका अघि सारेको छ । 

एमाले उपाध्यक्ष गौतम नेतृत्वको कार्यदलमा नेकपा एमालेबाट भीम रावल, डा. विजय पौडेल र अहिलेका अर्थमन्त्री एवम् पूर्वगर्भनर डा. युवराज खतिवडा सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रबाट गिरिराजमणि पोख्रेल, वर्षमान पुन र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन्।