🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोरङलाई हराउँदै इलाम सेमिफाइनलमा

पाँचथर,२६ चैत (रासस)ः सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । 

फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफको १८ औँ मिनेटमा गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । मोरङका क्याप्टेन विक्रम लिम्बूले ३४ औँ मिनेटमा विपक्षी खेलाडीलाई फल गरेर रातो कार्ड पाएपछि मैदान बाहिरिएका थिए । 

‘म्यान अफ द म्याच’ मोरङका गोलकिपर छिरिङ तामाङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे । मंगलबार जावलाखेल युथ क्लब ललितपुर र सुनसरी–११ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २ गते हुनेछ । 
———