🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाराका ६ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

कलैया ।  बारा जिल्लाका ६ वडाको मत गणना सकिएको छ । मतगणनाअनुसार कांग्रेसले ३, एमालेले २ र जसपाले एक वडामा जित हासिल गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए ।  

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका छन् । वडा नम्बर २३ मा नेकपा ९एमाले० र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।