🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसदीय दलको नेता र मन्त्री बन्न मधेसी दलमा भिडन्त

काठमाडौं । मधेसी दलभित्र विवाद हुनु ठूलो कुरा होइन तर अचेल एकले अर्कोलाई छिर्के हानेर राजपाभित्र भने समस्या सुरु भएको छ । राजपाले आन्तरिक झगडा नमिलाउदा संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । राजपाभित्र हुन त दुई धार छ ओली सरकारमा जाने बारेमा पनि । त्यही धारका आधारमा आन्तरिक प्रतिस्पर्धा बढेपछि नेता चयनमा समस्या परेको स्रोत बताउछ । 

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण २०७४ चैत २३–गतेसम्म गरेर स्वदेश फर्किएपछि लगत्तै नयाँ दिल्ली पुगेका महन्थ ठाकुर स्वास्थ्य परीक्षण र राजनीतिक भेटघाटमा ब्यस्त रहेको बताइन्छ । महन्थ ठाकु स्वदेश फर्किएपछि २०७५ साल ८ वैशाख गते राजपाले रानीतिक समितिको वैठकसमेत बोलाएको छ । त्यस बैठकपछि मात्रै संसदीय दलको नेता चयन हुनेछन् ।

अहिले संसदीय दलको नेताका लागि मुख्यतः तीनजना नेताले इच्छा देखाएको स्रँेत बताउछ । पार्टीको अध्यक्षको हैसियतमा महन्थ ठाकुर दावेदार देखिएका छन् । खासमा मौनजस्तो देखिने तर संसदीय दलको नेता हुन पाए हुन्थ्यो  भन्ने मनसाय बोकेका ठाकुर आपूm नेता नहुने हो भने नेता नछान्ने जस्तो मुडमा देखिएको एक सांसदले बताए । त्यसैले ठाकुरले आन्तरिक छलफल पनि चलाएका छैनन् । 

 स्रोत भन्छ, सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसंगको छलफलमा सकारात्मक देखिएका ठाकुर अरु दावेदारलाई मन्त्रीमा पठाएर आपूm नेता हुन खोजेका पनि थिए । स्रोतका अनुसार, महन्थ ठाकुर नयाँ दिल्लीबाट स्वदेश फर्किएपछि राजपा सरकारमा सहभागी हुने सम्भावना छ । तर अर्का दावेदार महेन्द्र राय यादवले पहिला संविधान संशोधन अनि मात्र सरकार जाने भनेर संसदमा बोलिदिएपछि ठाकुर पछाडि हटे । स्रोत भन्छ, यादवले खासमा त्यस्तो बोल्नुमा उनी मन्त्री हुने संभावना नभएपछि हो । 

 संसदीय दलको नेता ठाकुर भएको भए त्यतिबेला नै राजेन्द्र महतो र शरतसिंह भण्डारी मन्त्री  हुने निश्चित थियो । अनिल झाकी श्रीमती डिम्पल झालाई प्रदेश २ को सरकारमा राज्यमन्त्री बनाएर उनको चित्त बुझाउने तयारीमा थिए । अहिले संसदीय दलको नेताका लागि तीन जना दौडमा छन् । जसमा महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव । तर, ठाकुर र महतोबीच प्रतिस्पर्धा भइरहेकाले महेन्द्र राय यादव अहिले पछाडि हटिसकेको स्रँेत बताउछ । 

 राजपाभित्र राजेन्द्र महतो सांगठिनकरुपमा बलियो मानिन्छन् । अहिले १७ जना प्रतिनिधिसभाका सदस्यमध्ये कम्तीमा १० जना त महतोको पक्षमा रहेको दावी छ । त्यसले गर्दा संसदीय दलको निर्वाचन भएको अवस्थामा स्वतः महतोले जित्नेछन् । तर, ठाकुर निर्वाचन नगरी आफ्नो पक्षमा निर्विरोध गरिदिए हुने थियो भन्नेमा छन् । अध्यक्षलाई बलियो बनाउन आफैं संसदीय दलको नेता हुनुको विकल्प नभएको ठाकुरको तर्क छ । दुई वटा पावर सेन्टर बनाउँदा पार्टी कमजोर हुने तर्कका साथ आफू संसदीय दलको नेता हुनुपर्ने ठाकुरको दावी रहेको  बताइन्छ ।

राजपाका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारी ठाकुरको पक्षमा खुलेको बताइन्छ । अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झाले राजेन्द्र महतोलाई साथ दिएका छन् । दलको नेताको चुनाव गराउने पक्षमा महतो छन् भने ठाकुर चुनाव नगराई अध्यक्षलाई सर्वसम्मत नेता बनाउनुपर्ने पक्षमा छन् । चुनाव भए महतोले जित्ने भएकाले पनि ठाकुर सहमतिका आधारमा नेता चयन गर्ने पक्षमा छन् । राजपाका एक नेताका अनुसार, सोही कारण दलको नेता चयनमा ठाकुरले चासो दिएका छैनन् ।

फोरममा पनि त्यस्तै 
सरकारमा जान ठिक्क परेको संघीय समाजवादी फोरम पनि आन्तरिक लफडाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायत चयन गर्न सकेको छैन । हुन त फोरमको  विधानमा संसदीय दलको नेताले अरु नियुक्त गर्ने ब्यवस्था छ । दलको नेता पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भइसकेका छन् । खासमा मन्त्रीमा सेट नभएका तर आकांक्षाी नेताहरुलाई ती पदमा सेट गर्ने यादवको सोच रहेको बताइन्छ ।

सरकारमा जाने अवस्थामा उपेन्द्र यादव स्वयम्को नेतृत्वमा सरकारमा जाने तयारी छ । २ मन्त्री र एक राज्यमन्त्री पाउने फोरमबाट यादवपछि राजेन्द्र श्रेष्ठ वा रेणु यादवमध्ये एकजना मन्त्री हुनेछन् । यादवले पहाडिया समुदायलाई समेटेर जानुपर्छ भन्ने तर्क गरेर श्रेष्ठलाई अगाडि सारेका छन् । तर, महासचिव रामसहाय यादवसहितको एउटा टोली पहाडिया मूलकालाई पठाउन नहुने तर्क गरेर विवाद निकालेका छन् ।

खासमा यही विवाद टुंगो नलाग्दा सरकारमा सहभागिता ढिला भएको छ । महासचिव यादवको टोलीले सीधै पहाडिया मूलको हँुदैन भनेर विरोध गर्नेभन्दा पनि समानुपातिकबाट निर्वाचितलाई सरकारमा पठाउन नहुने तर्क गरेका छन् । त्यो अवस्थामा श्रेष्ठसहित रेणु पनि बाहिरिनेछिन् । अध्यक्ष यादव राज्यमन्त्रीमा भने वीरगञ्जका प्रदीप यादवलाई लैजाने सोचमा रहेको बताइन्छ ।