🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कलैयामा नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

 

बारा, ७ जेठ । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

आज विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्यगर्ने बताए ।

आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । २०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए । 

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।