🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पछिल्लाे अपडेट : कामपामा स्वतन्त्र उम्मेदवार बालेन साहकाे मत ५४ हजार नाघ्याे

काठमाडौँ, ११ जेठ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले  मत गणनाकाे पछिल्लाे नतिजा अनुसार, ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । याे मतकाे साथै साहले विजय अब निश्चित बनाएका छन् ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन ।

  यसैगरी तेस्राे स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले  ३३ हजार ९७५ मत ल्याएका छन भने सुमन सायमी ९,९६३ मत ल्याएका छन् । उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ५१ हजार २०७  मत ल्याएर अग्रस्थानमा रहेकी छिन्  ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् ।  उपप्रमुखका उम्मेदवारहरू मत जेठ १० गते विहानदेखि नै अपडेट भएकाे छैन ।  

अहिलेसम्म गनिसकिएको मत १,६८,४८७  रहेकाे छ । अब गन्न बाँकी ५ वडा वडा नं १३,१४,१५,१६,१७ (कालिमाटी, कलंकी, डल्लु, सोह्रखुट्टे र क्षेत्रपाटी)काे मत  २२,४६५ (१२%) मत रहेकाे छ ।  महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

 अहिले वडा नं १३, १४, १५, १६, १८, २० र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११,  १२, २१, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२  को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

(तस्बिर : सुनिता डंगाेलकाे फेसबुक ग्रुपबाट)