🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

वर्लिन, १५ वैशाख । फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् । 

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् ।

उनीहरु दुबैले ‘तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न जोड दिएको’ जर्मनीको चान्सलरको कार्यालयले जनाएको छ ।

क्रेमलिनका अनुसार रुसी नेता पुटिनले किभसँग पुनः वार्ता सुरु गर्न मस्को तयार रहेको बताए । तर, पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने कार्यलयले केही उल्लेख गरेको छैन् ।  

युक्रेनी राष्ट्रपतिले यसअघि आफू वार्ताका लागि उत्सुक नरहेको बताएका थिए । 
एजेन्सी