🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेले बोलायो, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक

काठमाडौं,  वैशाख  ३ गते ।   नेकपा  एमाले र माओवादी केन्द्रको एकतामा शंका उत्पन्न भैरहेको बेलामा २०७५ बैशाख ४ गते बिहान नौ बजे वाम पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको खबर छ। 

एमालेले आज २०७५ बैशाख ३ गते बेलुका ५ बजेका लागि नेकपा (एमाले) स्थायी कमिटीको बैठक बोलाएको छ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी संमितिको बैठक बस्दै छ।  

नेकपा  एमालेले २०७५ बैशाख ६ गते पोलिटब्युरो र बैशाख ७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले वाम पार्टी एकताको विषयमा छलफल हुने  विश्वास गरिएको छ। 

२०७५ बैशाख ९ गते अगाडि नै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक लगातार बस्ने भएकाले वाम पार्टी एकताको विषय टुंगोमा पुग्ला कि भन्ने विश्वास बढ्न थालेको छ।