🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

न्युयोर्क । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् ।

गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए । बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुबै दम्पत्तिमाथि धेरै अपराधको अभियोग लागेको थियो ।