🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लगानीमा प्रतिष्पर्धा गर्न जनप्रतिनिधिलाई ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् ।

तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु, ढकालले भने ।

छोटो समयमा मलेशियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय निकायहरुले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिना लगानी धेरै भन्दा धेरै फाइदा लिन सक्ने बताए  । वरिष्ठ उपाध्यक्ष ढकालले बुटवल मुलुककै आर्थिक केन्द्र बन्दै गएको बताएका थिए ।

सिङ्गो रुपन्देही जिल्ला पर्यटन र कृषि क्षेत्रका लागि अथाह सम्भाव्यता बोकेको जिल्ला हो भन्दै ढकालले विश्वकै केन्द्र बन्दै गरेको बुद्ध भूमि लुम्बिनी, भैरहवामा हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र लगायतका कुराहरुलाई समुचित रुपमा उपयोग गर्न सकेमा यसबाट रुपन्देही जिल्लाले मात्र नभई सिङ्गो मुलुकले नै मुहार फेर्न सक्ने बताए ।

ढकालले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सिर्जना, औद्योगिक व्यवसायिक विकासमार्फत आम नेपालीको आमूल परिवर्तनमा निरन्तर क्रियाशील रहँदै आएको धारणा व्यक्त गरेका छन् ।