विवाहको सबैभन्दा महत्वपूर्ण व्यक्ति को हुन्छन् : बेहुला र बेहुली । तर, यी यस्ता अभागी दुलाहा हुन् जो आफ्नै विवाहमा पनि आपूm चढेको गाडी हिलोमा फसेपछि धकेल्न बाध्य भए । खबरका अनुसार, पाकिस्तानको पंजाब प्रान्तको एक गल्लीमा यसरी दुलाहाले गाडी धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विवाहका लागि दुलहीको घर हिंडेका ती अभागी दुलाहाको गाडी बीच बाटैमा पानीको भेलसहितको हिलोमा फसेपछि धकेल्न बाध्य भएका थिए । पानीमा गाडी फसेपछि अन्ततः दुलाहा झरेर जुत्ता खोलेर गाडीलाई धक्का दिएर उद्धार गरेको देख्न सकिन्थ्यो ।
दुलाहा राजाको यस्तो कन्तबिजोग




