रोम, २९ जेठ : इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी शहर ट्रिभिसोतर्फ उडेको थियो ।
हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पिपा न्यूज डटकमका अनुसार, खराब माैसमका कारण हेलिकाेप्टर दुर्घटना भएकाे हाे र हेलिकोप्टरमा सवार सातै जनाकाे मृत्यू भएकाे छ ।
यहाँ क्लिक गर्नुस्



