अमेरिकाका एकजना युवक यस्तो रोगबाट पीडित छन् कि जसका कारणले उनी सुत्न पाउँदैनन् । ती किशोर एक यस्तो रोगबाट पीडित छन् जुन संसारका ७ अर्ब मानिस मध्ये १५ सय जनाभन्दा कम व्यक्तिहरू मात्र पीडित छन् । याहु खबरका अनुसार, लियाम डर्बीसायर जन्मले नै अन्डाएन कर्स नामक रोग अर्थात कन्जिनियल सेन्ट्रल हाइपोभेन्टिलेसन सिन्ड्रोमका पीडित हुन्, जसले श्वासप्रश्वास प्रणालीमा प्रभाव पार्छ । जसका कारण सुतेको अवस्थामा फोक्सोले काम गर्दैन । अहिले १७ बर्षीय युवकलाई लाइफ सपोर्ट मेशिनको मद्दतले उपचार गरिएको छ र हरेक रातमा उनलाई जागा राख्नका लागि हेरचाह गर्ने मानिसहरू बसेका छन् ।




