काठमाडौं । पार्टी एकता, झगडा र विभाजन । फेरि एकता, कचिंगल अनि विभाजन । एउटा सीमित समूहबीच दुनियाँमा सायदै देख्न सकिने यस्तो रोचक दृश्य अन्यत्र कतै नभएर पूर्वपञ्चहरूको पार्टीमा लामो समयदेखि पटाक्षेप हु“दै आइरहेको छ । कतिपयलाई यस्तो दृश्यले पीडा या मनोरञ्जन दुवै दिएको होला तर एकता र विभाजनको यो श्रृंखलालाई केलाउ“दै जाने हो भगडाको एउटा महाकाव्य नै तयार हुने अवस्था छ । अहिले फेरि त्यही पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा अर्को रडाको सुरु भएको खबर छ ।
राप्रपा स्रोतका अनुसार, कमल थापाले राप्रपाको नेतृत्व लिएपछि देखिन थालेका असन्तुष्टिहरू एकपछि अर्को बढ्दै जान थालेका छन् । विशेष गरेर पार्टी अध्यक्ष थापाको स्वेच्छाचारिता र राजतन्त्रबारेको धारणाले पार्टीका नेताहरू पछिल्लो समय सशंकित बन्दै गएका छन् । थापाले केही दिनअघि एक टेलिभिजन च्यानललाई राजतन्त्रको एजेन्डा पार्टीले छाडिसकेको भनेर दिएको अन्तर्वार्ताले त पार्टीमा तरंग नै पैदा गराएको स्रँेतले बताएको छ ।
राप्रपा स्रोतका अनुसार, एकतामा आएको केही समयपछि राप्रपा छाडेर प्रकाशचन्द्र लोहनी अर्कै बाटो लागेको घटना सेलाउन नपाउ“दै थापाका गतिविधिले फेरि उस्तै घटना दोहोरिने हो कि भन्ने खतरा बढेको छ । पछिल्लो समय पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दले नै थापाबाट धोका बाहेक केही नपाएको निष्कर्ष निकाल्दै नया“ कोर्ष थाल्ने मुडमा पुगेको बताइन्छ । यही निष्कर्षका साथ यी दुवै नेता प्रकाशचन्द्र लोहनी समूहसंग एकाएक नजिककिन थालेका छन् । यसले राप्रपामा नया“ तरंग आएको छ । राप्रपा स्रोतका अनुसार, प्रकाशचन्द्र लोहनी, केशरबहादुर बिष्ट, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दबीच फेरि नया“ पार्टी बनाउनेबारे केही चरण छलफल भएको छ । ‘सदाबाहर झगडिया पार्टीको पहिचान बनाएका पूर्वमहापञ्चहरू छोटो समयमै छुट्टिने मनस्थितिमा पुगेका छन्,’ स्रोतले भन्यो, ‘कमल थापाको कार्यशैली नसच्चिएमा एकफेरो मार्दै राणा, चन्द र लोहनी फेरि एउटै पार्टीमा आवद्ध हुन सक्छन् ।’




