काठमाडौं, बैशाख ५ । वलिउड चलचित्र जगतका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्।
ओडिसि इण्टर्टेनमेण्टले मे २६ अर्थात् जेठ १२ गते काठमाडौंमा आयोजना गर्ने ‘दबङ्ग दि टुर-काठमाडौं’ कार्यक्रममा सलमानले भाग लिनेछन्।
सलमान खान यस अघि नै मार्च १० मा नेपाल आउनलागेका थिए। नेत्रबिक्रम चन्द ‘बिप्लव’ ले धम्क्याएपछि रोकिएका थिए।
‘दबङ्ग दि टुर’ को टिममा सलमान खानसँगै नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल पनि नेपाल आउने ओडिसि इण्टर्टेनमेण्टले जनाएको छ।




