🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

टोकियो,२ असार। सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् ।

सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो ।

दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७  देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो । दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ । सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो ।

५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ । यी निष्कर्षहरू लैंगिक  समानतासम्बन्धी सरकारको श्वेतपत्रको अंश हुन् । 

पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू बैबाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ । पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए ।

जापानले धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ । राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्ध बद्धा जनसंख्या भएको देश हो । सन् २०५० सम्म यो अग्रता कायम रहनेछ ।
एजेन्सी