🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्त भन्छन्-पिउन कुनै आपत्ति छैन्

 

सिंगापुर, १६ असार । न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।

सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो ।

‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा थियो भने मलाई कुनै आपत्ति छैन । मेरो मतलब, यो बियर जस्तै स्वाद छ, र मलाई बियर मन पर्छ ’, उनले अगाडि भने । 

न्युब्रिउले सिंगापुरको ब्रान्डको पिउने पानीको ढलबाट रिसाइकल गरिएको एनईवाटरको प्रयोग गर्दछ, जुन पहिलो पटक टापुको पानी सुरक्षा सुधार गर्न सन् २००३ मा प्रशोधन केन्द्रहरूबाट प्रवाहित भएको थियो । 

पीयूबीले यो नयाँ बियर सिंगापुरवासीहरूलाई दिगो पानीको प्रयोग र रिसाइक्लिङको महत्वबारे शिक्षित गर्ने प्रयासको अंश भएको जनाएको छ ।

पिउने पानीमा ढल प्रशोधन गर्ने अवधारणालाई एक पटक व्यापक विरोध गरिएको थियो । तर, विश्वको ताजा पानीको आपूर्ति घटेसँगै पछिल्ला दशकमा यसले समर्थन पाएको छ । 

विश्व वन्यजन्तु कोषका अनुसार २ दशमलब ७ अर्ब मानिसहरूले वर्षमा कम्तीमा १ महिना पानीको अभाव झेलेका छन् । 

परावैजनी प्रकाशद्वारा ढललाई कीटाणूरहित बनाएर र दूषित कणहरू हटाउन उन्नत झिल्लीमार्फत तरल बनाएर एनइवाटर तयार गरिन्छ ।

प्रशोधन गरिसकेपछि यो केवल पानी मात्र हुन्छ । 
एजेन्सी