🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, ११ वैशाख (रासस) : शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ ।

आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ ।
–––