🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले र एकीकृत समाजवादी कार्यगत एकता गरेर निर्वाचनमा जाने संकेत

काठमाडाैं ।  एमाले र एकीकृत समाजवादीका नेताहरुवीच पार्टी एकताभन्दा पहिला कार्यगत एकता गर्नेगरी नेताहरु छलफलमा जुटेका छन् । एमाले स्राेतका अनुसार, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितका नेताहरु अहिले एकीकृत समाजवादीका नेताहरुलाई फकाउने प्रयासमा लागेका छन् ।

   स्रोतका अनुसार, उनीहरुले एमाले बनाउने हामी अनि एमाले भन्दा बाहिर किन बस्ने भन्दै नेताहरुलाई फकाईरहेका छन् । झलनाथ खनाल, मुकुन्द न्यौपानेसहितका नेताहरु एमालेसँग मिल्नुपर्ने लाइनमा आएका छन् तर उनीहरु तत्काल एकता गर्नेभन्दा पनि चुनावी कार्यगत एकतामा पक्षमा बढी लागेका छन् ।

    एमालेभित्र संघीय चुनावपछि राष्ट्रपति झलनाथ खनाललाई बनाउने गरी भित्र्याउन सकिने पनि बताउन थालेका छन् । अहिलेकै गठबन्धनमा रहँदा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति हुनसक्ने भएकोले पनि झलनाथ वामपन्थीहरुको एकता वा कार्यगत एकता गरेर जानुपर्ने पक्षमा उभिएका हुन् ।

  त्यही कारण पछिल्ला दिनमा माधव नेपाल पनि एमालेप्रति सकारात्मक बन्दै गएका छन् । माधव नेपालले बागमती प्रदेश कमिटीको पूर्ण बैठकमा ''एमालेलाई धेरै गाली नगर्नु'' भन्नुले पनि माधव नेपाल एमालेप्रति र कार्यगत एकता वा एकताको पक्षमा सकारात्मक बन्न थालेको बताइन्छ । २०७९ असार ३१ गते हिजाेको बैठकमा माधव नेपालले एमालेविरुद्ध धेरै आक्रोश पोख्न नहुने बताएका थिए । ''एमालेले पनि गाली नगरेका कारण आफूहरुले पनि नगर्ने बताएका हुन् ।''

   एकीकृत समाजावदीमा अधिकांश नेताहरु अहिले एमालेसँग मिल्नुपर्ने पक्षमा देखिएका छ्न् । त्यही दबाबका कारण पनि माधव नेपाल एमालेप्रति नरम बन्न थालेका बताइएको छ । सुदूरपश्चिम प्रदेशमा सांसद तारा लामा र पूर्णा जोशीले बजेट पारित हुने दिन संसद बैठक बहिस्कार गर्नु पनि त्यही दबाबसँग जोडिएको पनि बताइन्छ । स्राेत भन्छ,  जिल्लाका नेताहरुमार्फत किसान श्रेष्ठ, प्रेम आलेलायतका सांसद पनि एमाले नेताहरुको सर्म्पकमा पुगेका छन् ।