🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो । 

जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ । 

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो । जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका) , विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने  जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् ९रापेख० र आईसिसीले मान्यता दिइसकेको छ ।