काठमाडौं ः नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन २०७९ साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । आठ बर्षदेखि हुन नसकेको र पटकपटक मिति तोक्दै सर्दै आएको युनियन महाधिवेशन यसपल्ट भने निश्चित भएको छ ।
महाधिवेशनका लागि देशभरबाट एक हजार ६ सय २० जना महाधिवेशन प्रतिनिधि चयन भैसकेका छन् । संस्थापन (सभापति शेरवहादुर देउवा)पक्षबाट आठ सय ५० र संस्थापन इतर (डा. शेखर काेइराला, गगन थापा) पक्षबाट आठ सय केन्द्रीय प्रतिनिधि चयन भएको पछिल्लो पल्ट जोडघटाउ भएको छ । केन्द्रीय समितिले केही सदस्य मनोनयन गर्न बाँकी नै छ ।
नेपाल पत्रकार महासंघको अध्यक्षको उम्मेदवारबाट बाहिरिदा गरेको सहमति तोडेर आफूप्रति गद्दारी गरेको भन्दै असन्तुष्टको प्यानल बनाएर अध्यक्षमा दाहाल भिड्ने संभावना रहेको युनियनका एक नेताले जानकारी दिए । असन्तुष्ट र ढुलमुले मत दाहाललाई राम्रै ढंगले काट्न सक्ने आँकलन छ ।
प्रेस युनियनको अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल, दीपक आचार्य, ईश्वरी ओझा, सरोज अधिकारी, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने र भुवन भट्ट आकाँक्षी देखिएका छन् । सहमति हुँदै जाँदा अन्तिममा पाँचजना चुनावी मैदानमा देखिने आँकलन छ ।
यद्यपि सर्वसम्मत दिएमा नौ बर्षसम्म अध्यक्ष खाएका बद्री सिग्देलले ‘साथीहरुको सद्भाव’ भन्दै फेरि पनि खान तयार रहेको बताइन्छ । तर युनियन नेतृत्वमा सिग्देलको संभावना अब सकिएको अधिकांश युनियनका नेताहरुको ठम्याइ छ । तर संस्थापन र संस्थापन इतर पक्षको प्यानल अहिलेसम्म बनेको छैन । एक दुई दिनयसै समूह घोषणाको तयारी रहेको बताइएको छ ।
संस्थापन पक्षबाट अनिता विन्दु र इतर समूहले शिव लम्साललाई अध्यक्षमा उठाउने बलियो संभावना देखिएको छ । संस्थापनबाट अध्यक्षको अशीर्वाद पाउन सरोज अधिकारीले सिग्देलमार्फत व्यापक लबिङ गरिरहेको जनाइएको छ । यद्यपि संस्थापनबाट अनितालाई नै अघि सार्ने निश्चित जस्तै रहेको बताइन्छ । संस्थापना इतरबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पनि अध्यक्षमा दाबी गर्दै आएका छन् ।
नेपाल पत्रकार महासंघको अध्यक्षको उम्मेदवारबाट बाहिरिदा गरेको सहमति तोडेर आफूप्रति गद्दारी गरेको भन्दै असन्तुष्टको प्यानल बनाएर अध्यक्षमा दाहाल भिड्ने संभावना रहेको युनियनका एक नेताले जानकारी दिए । असन्तुष्ट र ढुलमुले मत दाहाललाई राम्रै ढंगले काट्न सक्ने आँकलन छ ।
संस्थापनले विन्दुलाई अध्यक्षतामा उठाउने अबस्थामा अधिकारी प्रतिश्पर्धामा रहे भने संस्थापनतर्फ दुई सय ५० को हाराहारीमा भोट काट्ने हिसाबकिताब छ । संस्थापन इतरबाट आचार्य पनि भिड्ने अबस्था आएमा लम्सालको मत काट्ने अनुमान छ ।
यस्तो अबस्थामा दाहालले कुन समूहको कति मत काट्छन् जित हार त्यसैमा भर पर्ने अबस्था आउने छ । संस्थापनतिर अधिकारी भिड्दा उब्रने मत र आचार्य एवम् दाहाल प्रतिश्पर्धामा उत्रिँदा आउने मतभारले विन्दुलाई थोरै सजिलो पार्ने बताइन्छ ।
यस्तो अबस्थामा विन्दुले सय मतान्तरमा बाजी मार्ने सम्भावना रहन्छ । कथंकदाचित अधिकारी र दाहालले विन्दुलाई सघाएको अबस्थामा युनियन चुनाव औपचारिकतामा मात्र सीमित हुने देखिन्छ । यदि विगतको उठवशका कारण दाहाल र आचार्य लम्सालतिरै सोझिएमा भने विन्दुको हिसाबकिताव गडवड हुने देखिन्छ । यस्तो अबस्थामा आचार्य उठ्दा धेरै मत काटिने भएका कारण हापेको स्थितिमा लम्साल राम्रै मतले अध्यक्ष जित्ने संभावना औंल्याइएको छ ।
मतको अंक गणित अध्यक्षका अन्य उम्मेदवारले अन्तिममा कोकसलाई समर्थन गर्छन् भन्ने कुराले पनि फरक पार्ने जनाइएको.छ । महिला उम्मेदवार भएका कारण महिला पत्रकारको सहानुभूति विन्दुलाई र विगतमा सिग्देलसँग हारेका कारण व्यक्तिगत सहानुभूति लम्साललाई जाने देखिएको छ ।
यसैबीच युनियनको वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल र निरज खतिवडा प्रतिश्पर्धामा उत्रेका छन् । महिला उपाध्यक्षमा कल्पना शर्मा, दिलिपाश्री अधिकारी र सलोजा दाहालले रहर गरेका छन । महासचिवमा खिला कार्की, दिलिप पौडेल, नकूल अर्याल, भिष्मराज ओझा, रमेश वाग्ल र विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।
उपमहासचिवमा भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिक (सेन्चुरी)ले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा खगेन्द्र भण्डारी, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, तीर्थराज बस्नेत, एलपी देवकोटा, कालिका महत, राधा खनाल, विजय रेग्मी, टिकाराम सुनार लगायतको दाबी छ ।
यस्तै कोषाध्यक्षमा मित्र भण्डारी, पदम जोशी, जानुका बराल, माधव धितालले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षबाहेकका पदमा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नेक्रम अझै जारी छ ।



