काठमाडौं, खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ईलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बुलाई २०७९ असार ३० गते बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले २ जना नाबालिकालाई काठमाडौं टोखा नगरपालिका-९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने तथा बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते उद्दार गरेको थियो । उनी उपर ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।




