🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !

 

बेइजिङ, २४ साउन : चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्ष फैसला गर्दै  प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो ।

उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए । सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध सुरु गरेका थिए ।

केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन् । पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन् । वाङले ती महिलासँग आफ्नो सम्बन्ध भएको र उनको तर्फबाट १० वर्षका एक ।

सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १ दशमलब ४७ मिलियन युयान रकम, १ दशमलब ४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र  र एउटा महंगो कार दिएको खुलासा भएको थियो । 

सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर, अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।

एजेन्सी