कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना, दुर्गादल गुल्म र आरक्ष प्रशासन कार्यालयका कर्मचारीसहितको टोलीद्वारा श्रीलंका टप्पु ईलाकामा गरिएको पट्रोल कारवाहीको दौरान भागलपुर भन्ने स्थानमा एकजनालाई चित्तलको मासुसहित पक्राउ गरिएको छ ।
पक्राउ पश्चात निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य शिकारीहरुको पनि संलग्नता रहेको भन्ने सूचनाका आधारमा संयुक्त पेट्रोल टोलीले एक स्थानीयवासीको घरमा कर्डन गरी सर्चको कारवाही गर्दा अन्य ७ (सात) जना व्यक्तिहरुलाई पक्राउ गरिएकाे छ ।
पक्राउ परेका सिकारीहरूबाट जंगली जनावरको मासु ६३ (त्रिसठ्ठी) के.जी., भरुवा बन्दुक नाल-२, टिका बारुद प्याकेट-१, खुँडा गोटा-१, खुकुरी गोटा-४ लगायतका सामग्रीहरु सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाईएको नेपाली सेनाले जानकारी दिएकाे छ ।




