🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत

काठमाडौं  ।  क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ । नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले  एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री  सहयोग गर्नेछ । 

दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ टोलीबाट समेत खेलिसकेका छन् । अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए । उनले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाएका हुन् । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।

आइटेल कम्पनी  सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।  उनले आइटेल मोबाइल नेपालमा नम्बर वान भएको दाबी गरे ।   

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । उनले खेल सामग्री करिब एक लाख २० हजार रुपैयाँसम्मकाे हुने बताए । जसबापत अमितले कम्पनीको प्रचार गर्नेछन् ।

अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।