🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख (रासस) :  राष्ट्रपति विद्यादेवी भण्डारीबाट  बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास भएको छ । 

बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीबाट  सभागृहको पूजाआजा गरेर शिलान्यास भएको हो । 

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहेको थियो । 

दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिनुभएको थियो । 

कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षातका  कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गरेका थिए  । 

कोषले प्रधानमन्त्रीको निर्देशनबमोजिम सभाहल निर्माण गर्ने निर्णय तत्काल गरे पनि लुम्बिनीमा बन्ने सभाहल अत्याधुनिक र बहुउपयोगी हुनुपर्ने ठहर गर्दै परामर्शदाता छनोट गरेर काम थालेको थियो । सभाहलको लागत करीब रु २७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइरहेको छ । 

सभाहलको परामर्शका लागि छनोट भएको काठमाडौँस्थित श्रेष्ठ कन्सल्ट्यान्टले केही महिनाअघि सभाहलको विस्तृत डिजाइन र लागत स्टिमेट पेश गरेको थियो । 

लुम्बिनीमा निर्माण हुने सभाहल गुम्बा आकारको हुनेछ । गोलो सभाहलमा ठूला–ठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह, ठूला ठूला ध्यान शिविरसमेत हुनेछन् । सभाहललाई सानो ठूलो आकारमा विभाजन गर्न मिल्ने प्रविधिसमेत जडान हुनेछ । 

दुई वर्षभित्र सक्ने योजना रहेको यो सभागृहको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताए । 
–––