🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेर पार्टीको कमाण्डरशीप चलाउन पाइएनभने एकता नगर्ने !

काठमाडौं, बैशाख १७ \\   “हाम्रो पार्टीका अध्यक्ष सधैं कमाण्डर नै भैरहनुपर्छ। कमाण्ड गर्न पाइएन कि छट्पटिन थालिहाल्नुहुन्छ। पार्टी एकतापछि आफ्नो कमाण्डरशिप गुम्छ कि भन्ने भयले सताएको छ। यस्को सुनिश्चितता (ज्ञारेण्टी) नभएसम्म उहाँले पार्टी एकताको प्रकृयालाइ अल्मल्याइराख्नुहुन्छ।”  माओवादी केन्द्रका नेताले भने।

वैशाख २ गते सुकुटे रिसोर्ट जानुअघि आफ्ना निकटतम पत्रकारहरुँग अन्तरङ्ग बातचितको सिलसीलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका कुरा उनले दोहोर्याए। उनका अनुसार प्रचण्डले भनेका थिए, “तपाईंहरुलाइ थाहै छ, मेरो नेचरले नै मलाई कोही-कसैको पनि तल बस्न दिँदैन। पार्टीको संख्या सानो भएको हुनाले अव वाम एकतापछि प्रचण्डको भूमिका थोरै तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ। तर, तपाईंहरुले त मलाइ राम्ररी बुझ्नुभएकै छ, मेरो नेचरले तल बस्नै दिँदैन।”

प्रचण्डको भनाई जस्ताकोतस्तै दोहोर्याउँदै उनले भने, “चैत्र २३ गते अगाडी पार्टी एकता घोषणा गर्ने बिषय तय भैसकेकै हो। यही सोचकै कारणले र अरु बाह्य कारणले समेत् पछि मैले नै रोकिदिएको हुँ।”

“यदि त्यहाँ मेरो कमाण्डिङ पोजिशन नरहने देखेंभने त्यस्लाइ भत्काउन मलाइ छिनभर लाग्नेछैन। त्यो भत्काएर म अगाडि बढिहाल्छु । नेपालको राजनीतिको केन्द्रबिन्दुमा म रहन्छु कि रहन्न ? यस्मा म हरदम चनाखो रहन्छु।”  प्रचण्डको भनाई उद्धृत गर्दै उनले भने।