🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनलाईन बिङगो र जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २८ जना पक्राउ

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीस्थित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय  निमा शेर्पाको खाजा घरबाट जुवातास खेलिरहेको अवस्थामा निमा शेर्पा लगायत १५ जनालाई २०७९ साउन ३० गते सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

 उक्त खाजा घरभित्र अनलाईन बिङगो खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

 

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ डेरा गरी बस्ने धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा लिम्बु लगायत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

लिम्बुको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 

चितवन, भरतपुर महानगरपालिका-२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा महतो लगायत ६ जनालाई साउन ३० गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बिष्णुको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।