ठमाडाैं । मातृभूमिका लागि नेपालीको प्रथम साधारणसभा "मेरो प्रण मेरो राष्ट्र , मेरो धर्म" भन्ने मूल नाराका साथ २०७९ भदाै ४ गते काठमाडाैंमा सम्पन्न भएकाे छ । मातृभूमिका लागि नेपालीको प्रथम साधारण सभाले ५१ सदस्यीय केन्द्रीय पदाधिकारी तथा सदस्यहरू समेत चयन गरेकाे छ ।
मातृभूमिका लागि नेपालीको प्रथम साधारण सभाले केन्द्रीय नेतृत्व चयनका साथै ''देशकाे सत्रु चिनाै'' भन्ने राष्ट्रिय नारासहित देश व्यापी अभियान सञ्चालन गर्ने निर्णय समेत गरेकाे जानकारी दिएकाे छ ।
५१ सदस्यीय केन्द्रीय पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेका छन् : अध्यक्ष ई. टुङ्गराज पाठक, वरिष्ठ उपाध्यक्ष ई. श्रीराम श्रेष्ठ , उपाध्यक्षहरू ई. नरोत्तम श्रेष्ठ , हेमा शर्मा र मृदुला शर्मा, महासचिव गणेश बन्जारा, सचिबहरू मोहम्मद रेहान, शरद अधिकारी र गीता सेढाई , कोषाध्यक्ष श्रीजन खागी, सहकोषाध्यक्ष बिन्दु महर्जन, प्रबक्ता ज्ञान प्रसाद खनाल चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यरूमा श्यामसुन्दर शर्मा, जयबहादुर चन्द, गोमा प्रधान , धीरज निष्पक्ष , राम बराल, अमित गुप्ता, बिन्दु बुढाथोकी , एल्सा झा, सुनिता बुढाथोकी , नबिनचन्द्र श्रेष्ठ , शेखर ढुङ्गेल, रामप्रसाद पौडेल , के आर बास्तोला, केशब अधिकारी, देवराज महर्जन, हेमन्तबहादुर शाह, दीपेश केसी, दीपक जोशी, अक्षता प्रधान , विद्या अधिकारी, सन्जय पुडासैनी चयन भएका छन् ।
केन्द्रीय सदस्यहरूमै रेश्मा बिष्ट , बासुदेबचन्द्र मल्ल, अस्मिता प्रधान ,अनिल मल्ल, ज्योति न्यौपाने , बिनोद बम, तुल्सी खड्का, बालकृष्ण श्रेष्ठ , डोबरलाल शिलाकार, सुन्दर मिजार, राजेश शाही, दधिराम पौडेल, अमृतलाल श्रेष्ठ , आनन्द डङ्गोल, बाल मुकुन्द सिंह , भगवान कपाली र रुपा पौडेल (कार्यालय सचिव) चयन भएका छन् ।
मातृभूमिका लागि नेपालीको प्रथम साधारणसभाबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि डा. सुन्दरमणि दीक्षितले पद तथा गाेपनियताकाे सपथ गराएका थिए । सपथ समाराेहमा बाेल्दै प्रमुख अतिथि डा. सुन्दरमणि दीक्षितले नव निर्वाचित कार्यसमितिलाई राष्ट्र धर्म रक्षाका लागि इमानदारीका साथ लाग्न मार्ग निर्देशन गरेका थिए ।
मातृभूमिका लागि नेपालीको प्रथम साधारणसभामा आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथिहरूकाे समेत सहभागिता रहेकाे थियाे । सहभागी विशिष्ट अतिथिका रूपमा डा. सुन्दरमणि दीक्षित, पूर्व मन्त्री तथा राजदूत निलम्बर आचार्य, पूर्व मन्त्री देवी ओझा, पूर्व न्यायाधीश शम्भु खड्का, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल र नेपाली सेनाका सहायक रथी(अप्रा) डा. प्रेम सिंह बस्न्यात रहेका थिए ।



