🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ?

वर्लिन । जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् । रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।

घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर आफ्नो शरीरमा लेखेको ‘अहिले ग्यास प्रतिबन्ध’ लगाउ लेखेको सन्देश प्रदर्शन गरेका थिए । 

स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार युवतीको हर्कतपछि सुरक्षाकर्मीले तत्काल दौडिएर ती महिलालाई हटाएका थिए । सार्वजनिक कार्यक्रममा सोल्जलाई लक्षित गरेर विरोध प्रदर्शन गरिएको यो पहिलो घटना होइन् । गत साता पूर्वी जर्मनीस्थित सहर न्युरोपिनको भ्रमणका क्रममा सोल्जलाई प्रदर्शनकारीले खिल्ली उडाएका थिए ।