🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शहरी विकासका सहसचिव किन भए फुटबल ? 

काठमाडौं । नेपालमा सरकार र मन्त्री परिवर्तन भएपछि त्यसको पहिलो सिकार कर्मचारी हुने गरेका छन । मन्त्रालयमा नयाँ मन्त्री आउने बित्तिकै एक–दुई महिना भित्रै रेङठयाङ नमिलेर सचिव र महानिर्देशक सरूवा हुने गरेका छन । त्यसपछि अन्य कर्मचारी सरूवा हुन्छन । कमिशन र भष्टाचार गर्ने सेटिङ मिलाउन मन्त्रीले सचिव र सचिवले महानिर्देशक र अन्य कर्मचारी सरूवा गर्ने महारोग नेपालमा फस्टाउदै गएको छ । यसले कर्मचारी प्रशासनलाई अस्थिर, बेथिति र भष्ट मात्र बनाएको छैन, सेवा प्रवाह र विकास निर्माणका गतिविधिमा समेत नराम्रो कु–प्रभाव पारेको जन गुनासो व्याप्त  छ ।

बर्तमान सरकार गठन भएयता शहरी विकास मन्त्रालयमा सरूवा आतंक अरू मन्त्रालयमा भन्दा बढी हुने गरेको तथ्यले पुष्टि गरेको छ । ०७८ असोज २२ गते नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयको वागडोर संहालेकी थिइन । उनी मन्त्री हुँदा डां रमेश प्रसाद सिंह सचिव थिए । मन्त्री झाँक्रीले बिभाग सचिवलाई पत्तो नदिइ भवन निर्माण  बिभागको महानिर्देशक परिवर्तन गरिन । त्यसपछि सचिव सिंहलाई सरूवा गरेर मणिराम गेलाललाई मन्त्रालयमा भित्राइन । 

मन्त्री सामु गेलाल चार महिना पनि मन्त्रालयमा टिकेनन । मन्त्री झाँक्रीले गेलाललाई सरूवा गरेर पुरानै सचिव रमेश प्रसाद सिंहलाई पुन अवसर दिइन । तर मन्त्री झाक्रीलाई हटाएर पार्टीले मेटमणि चौधरीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि उनी नेतृत्वप्रति रामैसँग पडकिइन । कारण थियो आर्थिक मसान्तमा हुने उठने उठतीपुठती नै मुख्य कारण रहेको बताइन्छ ।
 सचिव सिंहको कार्यकाल तीन महिना बाँकी छ । मन्त्री चौधरी र सचिव सिंह दुवैको कार्यकाल मंसिरमा नै सकिदैछ । मंसिरमा चुनाव पछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । चौधरीले चुनाव जित्लान वा फेरी मन्त्री होलान भन्ने बिषय गर्भमा नै रहेको छ । यही बिचमा ०५८ वर्षे उमेर हदका कारण सचिव सिंह भने स्वत अवकाश हुनेछन । त्यसकारण पनि यो तीन महिनामा कर्मचारीको सरूवा र सानातिना नीतिगत निर्णय गरेर करोडौ कमाउने दाउमा दुवै लागेका छन । 

हाल संचार तथा सुचना प्रबिधि रहेका ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्री हुँदा उनी र भूषण राणाको कृपाले सचिव भएका सिंह पटक–पटक शहरी सचिव भएर नै रमाइरहेका छन । केही समय खानेपानी सचिव भएपनि उनको अधिकांश सचिवको कार्यकाल यही मन्त्तालयम बितेको छ । कतिसम्म भने शनिवार र बिदाको पदनमा पनि मन्त्रालय खोलेर तरूनीसँग रमाउने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । प्राय मधेशी दलको भागमा पर्ने गरेको मन्त्रालयमा पछिल्लो पटक भने झाक्री र चौधरी सचिव सिंहको चंगुलमा मन्त्री चौधरी पर्दै आएका छन । 

अर्बपति उद्यमी विनोद कुमार चौधरीले सानेपा हाइटमा खोल्न लागेको होटल र सुपर लक्जरी अपार्टमेन्ट ‘द समिट होटल एण्ड रेसिडेन्ट’लाई २०७२ को भूकम्पपछि बनेको वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७८ लाई दोस्रो संशोधन गरी १० प्रतिशत थप अग्लो बनाउन स्वीकृति दिएर तात्कालिक मन्त्री झाँक्री, सचिव सिंहले तीन करोडभन्दा माथि थैली बुझेको मन्त्रालयमा चर्चा छ । 

यस्ता भवनको खुला क्षेत्र, सेटव्याक, साइड व्याक, फ्लोर एरिया रेसियो, भुइँको जग्गा छाड्ने मापदण्ड पनि संशोधन गरिएको छ । यस सम्बन्धि सूचना ०७८ जेठ १६ गतेको राजपत्रमा प्रकाशित भैसकेको छ । उक्त होटलमा १ सय १३ कोठा सहित २ सय वेड रहने छन । यो होटलको रेसिडेन्ट फ्ल्याटको सुरू मूल्य ५ करोड तोकिएको छ । सय वटा फ्ल्याट बनाउन लागेको कम्पनीले मापदण्ड संशोधन हुँदा सिधै १० वटा फ्ल्याट थप्न पाउने भनिएको छ । त्यसवापत ५० करोड सिधै हात पारिएको बताइएको छ । 

शहरी विकास तथा भवन निर्माण विभागमा पनि विगत ८ महिनामा तीन जना महानिर्देशक परिवर्तन भैसकेका छन । पुर्व मन्त्री झाँक्रीले नवराज प्याकुरेललाई सरूवा गरेर पदम मैनालीलाई ल्याएकी थिइन । तर किन हो उनलाई पनि चार महिनामै हटाएर रामचन्द्र दंगाललाई ल्याइन । गत साउन २६ गते दंगाललाई मन्त्रालय तानेर जेष्ठतामा छैठौं नम्बरमा रहेका सुरेन्द्र मोहन श्रेष्ठलाई सरूवा गरिएको छ ।

पन्छाउदै छैठौं नम्बरमा रहेका श्रेष्ठले विभागको महानिर्देशक पड्काउन सफल भएका छन । विभागको महानिर्देशकमा थमौती पाउन दंगाल सकृय थिए । नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालको सिफारिसमा महानिर्देशक भएका दंगाललाई झाँक्रीले नियुक्ति गरेकाले आर्थिक वर्षको अन्तिममा प्राप्त हुने कमिशन मन्त्री चौधरी र सचिव सिंहलाई नदिइ रामकुमारीलाई नै पु¥याएको आरोपमा हटाइएको मन्त्रालयमा चर्चा चलेको छ । दंगाल कम भ्रष्टाचार गर्ने र गुणस्तरीय काम गराउनु पर्छ भन्ने मान्यताका सुई हुन । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकालको आग्रहमा पार्टी अध्यक्ष नेपालकै विशेष जोडमा पैसा नलिई मन्त्री झाँक्रीले महानिर्देशक बनाएको बताइन्छ । 

१० जना सुईको आन्तरिक सरुवा 
 ०७९ साउन २७ गते मन्त्री चौधरी र सचिव सिंहको रूचीमा १० जना सुईको सरुवा गरिएको छ । जेष्ठताको आधारमा विभागको पुन महानिर्देशक हुन पहिलो नम्बरका सुई पदम मैनाली दावेदार हुन । त्यसपछि तेस्रो नम्बरका सुई हालै काठमाडौं उपत्यका विकास प्राधिकरणका सरुवा गरिएका नवराज प्याकुरेल रहेका थिए । चौथो नम्बरमा रहेका विभागका उपमहानिर्देशक दिलिप शेखर श्रेष्ठ, पाँचौ नम्बरमा मन्त्रालयका सहसचिव चक्रवती कण्ठ र छैठौं नम्बरका संघीय सचिवालयमा हालै सरुवा गरिएका सुई कुमार घिमिरेले जोडबल लगाएका थिए । 
सरुवा हुनेहरुमा सुई एवम उप–महानिर्देशकहरू प्रकृर्ण तुलाधर, नारायण भण्डारी, दिलिप भण्डारी, विशेष मचाकाजी महर्जन, एकराज अधिकारी र आरयुडिपीका कामु आयोजना प्रमुख रोशन श्रेष्ठलगायत रहेका छन् ।