🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनालाई होल्डिङ सेन्टर हस्तान्तरण

बाँके, १० भदौ (रासस): बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।

विसं २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । होल्डिङ सेन्टर एक हजार शय्या (बेड)को रहेको छ । होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्तरण गरेको हो ।

सेनाले उक्त संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिने बताउनुभयो ।

सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

ज्यालामा बढोत्तरी

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ ।  प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो ।

जिप्रका बाँकेले सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धाण गरेको हो ।

बैठकको निर्णयानुसार, सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला रु आठ सय ४० बाट बढाएर रु नौ  सय ९२ पु¥याइएको छ ।

बैठकले अर्धदक्ष कामदारको ज्याला रु सात सय चारबाट बढाएर रु आठ सय ३२, ज्यामीको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६, वेल्डरको रु सात सय ९० बाट बढाएर रु आठ सय तीन तथा सहायक वेल्डरको रु छ सय ८० बाट बढाएर रु सात सय २२ ज्याला तोकेको छ ।

यस्तै कुचिकारको ज्याला रु पाँच सय २५ बाट बढाएर रु पाँच सय ५७ र चौकीदारको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६ कायम गरिएको छ । नेपाली सिमेन्ट पिसीसीको प्रतिबोरा रु छ सय ८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मुल्य रु सात सय ८० कायम गरिएको छ ।
–––