🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लिस्नु कप फुटबलको २० औँ संस्करण भदौ १८ गतेदेखि

रुपन्देही, ११ भदौ (रासस) : लिस्नु कप फुटबलको २० औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ ।

कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि रोकिएको लिस्नु कपबारे कोटिहवा माध्यमिक विद्यालयको प्राङ्गणमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार र सेमी फाइनलमा पुगेका अन्य दुई समूहलाई रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक नेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु र स्याङजाको वालिङ गरी १६ समूहको सहभागिता रहने आयोजकले जनाएका छन् ।

रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई नगद र मेडलसहित पुरस्कृत गरिने छ । स्थानीय श्रीमाया गुरुङले आफ्ना बुबा स्व डिमबहादुर गुरुङको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ ।
–––