🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

काठमाडौ, ९ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् ।

यो खेल साँझ साढे ५ :३० बजेदेखि दशरथ रंगशालामा हुँदै छ ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन् । यो खेल मंगलबार हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो । त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् । त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् ।

नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।