उनी नेपाली सेनाको घोडा चढी फौजका जमदार थिए । (गाेर्खाली फाैजका मित्रहरुलाई बुझ्नको लागि : जमदार पद ब्रिटिश गोर्खाको गोर्खा क्याप्टेन हो भने सुवेदारको पद गोर्खा मेजर हो ) ।
बि. सं. २००७ को राणाविरुद्धको क्रान्तिमा नेपाली काङ्रेसको तर्फबाट मुक्ति सेनाको नेतृत्व गरेर पूर्व ३ र ४ नम्बर ईलाकामा विशेष काम गरे, राम प्रसाद राईले।
रामप्रसाद राई नेपाली सेना कै भएकोले उनको र कप्तान खड्ग बहादुर कार्कीको साथी जस्तो मित्रता थियो । कप्तान खड्गको घरमा आउने जाने गर्थे पाटनमा जमदार रामप्रसाद राई । शम्शेर दल गणका कप्तान खड्ग बहादुर कार्कीका छोराहरु मध्य राष्ट्रिय सभाका अध्यक्ष्य बेनी बहादुर कार्की, सहायक रथी मेघ बहादुर कार्कीलगायत हुन् ।
त्यस बखत का ओखलढुङाका बडाहाकिम छत्र बहादुर थापा (पछि नेपाली सेनाको कर्नेल र रथी नेत्र बहादुर थापा, राजनीतिकर्मी कमल थापा र खेलाडी गणेश थापाका पिता)लाई कङ्रेसी सेनाले थुनेपछि उनलाई छुटाउन पूर्व जाँदै थिए सेनासहित कप्तान खड्ग कार्की।
सेनासहित कप्तान खड्ग कार्की पूर्व लाग्दै गर्दा खोटाङको कुनै ठाउँमा विहानको खाना खाने समयमा कप्तान खड्ग र उनको टोलीलाई राम प्रसाद राईको टोलीले घेरा हालेर पक्रियो । पस्किएको खाना खान पनि पाएनन् ।
नेपाली सेनाका सबैलाई पक्रेर कमान्डर राम प्रसाद राईकोमा लगेपछि उनले कप्तान खड्गलाई चिनेर छक्क परे । अनि ठट्टा गर्न थाले । सो समयमा राम प्रसाद राईलगायत उनका सबै टोली मासु र रक्सी खाँदै थिए ।
मुक्ति सेनाका सबै जाना मातिएको अवस्थामा राम प्रसाद र कप्तान खड्गको गफ हुँदै थियो । अलि कति फासला राखेर उभिएका थिए नेपाली सेनाका कप्तान खड्ग ।
सोही समयमा राम प्रसाद राईले क्याप्टेन खड्गलाई नेपाली काङ्रेस र राजा त्रिभुवनको जय होस्, जिन्दावाद भनिस् भने तिमीलाई केही गर्दिन भन्ने सर्त राखे । क्याप्टेन खड्गले राजा त्रिभुवन भारतमा भागेको र ज्ञानेन्द्र शाह राजा भएको अवस्था र नेपाली सेनाले काङ्रेसको जय मनाउदैन भन्दा नजिकै रहेको अर्को १ जना रक्सीले मातेको कांग्रेसकाे मुक्ति सेनाले पेस्तोलबाट गोली हानेर नेपाली सेनाका क्याप्टेन खड्गलाई तत्काल मारी दियो ।
त्यो कार्य मुक्ति सेनाका कमाण्डर राम प्रसाद राईको आदेशले भएको थिएन । उनी दु:खी भए । बन्दक बनाइएका अन्य नेपाली सेना २६ जना जति थिए, सबैलाई पक्रेर बन्दी बनाएर राखे ।
वि. सं. २००८ मा डा. के आई सिंहले सिंह दरबार कब्जा गर्दा पनि राम प्रसाद (जेलबाट निस्केपछि ) डा. सिंहपछि दोस्रो कमान्डर बने । डा. सिंह, राम प्रसादलगायतका टोली काठमाडौं कब्जा गर्न असफल भएपछि भागेर कुतीकाे बाटाे हुँदै तिब्बत छिरे । राम प्रसाद बाटोमा विरामी परि मरे भने डा. सिंह र टोली चीनको पेकिङ पुग्यो ।
(यो विवरण जनरल मेघ बहादुर कार्कीसँगको अन्तर्वार्तामा आधारित हो । फोटो : क्याप्टेन खड्ग तथा राम प्रसाद राई, सुझाव केही दिनुस्। धन्यवाद ।
-प्रेम




