विवाह भनेको जन्मजन्मको बाचा हो । तर, यही विवाहलाई मजाकमा लिइयो भने विकरालरुप लिन पनि सक्छ । अति भएपछि बेहुलीले प्रहरी बोलाइन र बेहुलालाई जेल पु¥याइन । आखिर के गल्ती थियो ती बेहुलाको जसका कारण जेल नै जानुप¥यो । हो, रक्सी खाएर विवाह गर्न पुगेका बेहुला सुहागरातलाई बाईबाई गर्दै प्रहरी खोरको यात्रा गर्न पो पुगे । यतिमात्र नभई विवाहमा उपस्थित पाहुनाहरूका अगाडि उनले यस्तो हर्कत गरे जसको बारेमा सोच्न पनि सकिदैन । पूर्णरुपमा नशामा धूत भएर हल्लिँदै वरमाला हाल्ने प्रयास गर्दै थिए ती बेहुला ।
उनले पण्डितसँग पनि दुब्र्यवहार गरे । यसपश्चात बेहुलीले तुरुन्त प्रहरीलाई खबर गरिन र विवाह पनि रद्द गरिन् । यो घटना पश्चिम बंगालको बाँकुडा जिल्लाको हो । दुलाहा सहिष एक विद्यालयका शिक्षक पनि हुन् । तर, विवाहकै दिन ती व्यक्ति नशामा धूत हुन पुगेका थिए । विवाह रद्द भएपछि सहिषको परिवारले केटीपक्षले दिएको दाइजो मोटरसाइकल, विस्तारका सामानहरू पनि फिर्ता दिएका छन् ।




