च्याउ कति नै ठूलो हुन्छ र ? आजसम्म हामीहरूले देखेको च्याउ सामान्य सानो च्याउ होला तर चीनमा फलेको यो च्याउले सबैलाई चकित पारेको छ । हो, चीनको युयान प्रान्तमा एउटा भीमकाय च्याउ फेला परेको हो । उक्त च्याउको तौल थोरैमोरै नभएर पूरा ८ किलो रहेको छ । यस च्याउको छाताहरू धेरै पत्रहरूले बनेकोले पनि यो च्याउे गह्रौं भएको बताइएको छ । यस च्याउको छाताको परिधि १.८ रहेको बताइन्छ । खबरका अनुसार, उक्त च्याउ पुअर सन रिभर नेशनल पार्कभित्र भेटिएको थियो जसलाई खान नमिल्ने च्याउ बताइएको छ । त्यस्तै उष्ण र उपोष्ण जलवायु क्षेत्रमा पर्ने त्यस स्थानमा यस्तै विभिन्न किसिमका अनौठा खालका वनस्पतिहरू रहेको पनि बताइन्छ ।
तपाईले देख्नुभएको छ यत्रो च्याउ




