🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

८२ औं जन्म दिनमा संसददेखि संविधानसभासम्म

काठमाडौं २३ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीबाट नेकपा(एमाले)का नेताएवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तकसंसद देखि संविधान सभासम्म वैशाख २२ गते विमोचन भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताए ।  प्रधानमन्त्री ओलीले भने “आफ्नो जीवन भोगाइका विभिन्न घटनाहरुलाई सिलसिलेवार ढंगले प्रस्तुतगर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।”

प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गरे  । “नेपालीका पुर्खाले रामायण, बेद, जस्ता ग्रन्थहरु लेखे” प्रधानमन्त्री ओलीले भने “हाम्रा पुर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकोले लेख्नलाई हामीलाई गा¥हो हुदैन ।”

घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको  यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रमा प्रधानमन्त्री ओलीले अधिकारीको ८२ औं जन्मोत्सवका अवसरमा सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाएका थिए ।