बिराटनगर, भाद्र ३० गते । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७८ मंसिर २० गतेको फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन कैद २ हजार रुपैयाँ जरिवाना गरिएकाे थियाे ।
सोही मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा भदाै ३० गते नै पक्राउ गरी कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।



