🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उदयपुरमा \’राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरी सहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गन सहित खटिएको छ  । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै चेक जाँच थालिएको हो ।

बेलकामा भएको दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । दुर्घटना मध्ये अधिकांश चतरा रुपनगर सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुभाष खनालले बताए ।

चाडवाड नजिकिएसंगै ट्राफिक प्रहरीले चेक जांचलाई कडाई गरेको हो । दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मदन भन्डारी लोकमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई अन्य लोकमार्गमा पनि लैजाने कार्यालयको योजना छ । प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधन बारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ ।

त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारी साधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारी साधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरका प्रमुख भेषबहादुर थापाले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल सप्रमाण सहितको चिट दिई कारबाही गर्न पनि सहज हुन्छ । 'पहिलो दिन भएकाले सम्झाई बुझाई गरेका छौ'  ट्राफिक प्रहरी प्रमुख थापाले बताए ।

राडार गनले सवारीको गति नापेर हेर्दा प्रति घण्टा एक सय किलोमिटर सम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने मोटरसाइकल पनि रहेका छन् । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न अस्थायी ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारी साधनमा रिफलेक्टर लगायतका अभियान बेलका ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ । 

न्युज कारखाना