🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महरा ३१ वर्षपछि संसदीय राजनीतिबाट अलग भएपछि प्रचण्ड दंग-हितराज किन भए मख्ख !

काठमाडाैं ।  माओवादी केन्द्रका उपाध्यक्ष रहेका चर्चित नेता कृष्ण वहादुर महरा('अमरसिंह') २०७९ मंसिर ४ गते हुने निर्वाचनबाट अलग भएका छन् । बि. सं. २०३५ र ३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय महराले ४४ वर्षकाे अवधिकाे राजनीतिक यात्राबाट थुप्रै समयमा प्रधानमन्त्री बाहेक सबै पद प्राप्त गर्न सफल भएकाे इतिहास बनाएका छन् ।

२०३६ सालदेखि २०४८ सालसम्म राेल्पामा विज्ञान र गणित शिक्षकको रूपमा १० वर्ष शिक्षण कार्य गरेका महराले २०४८ को निर्वाचनमा रोल्पा २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने अवसर पनि प्राप्त गरेका थिए ।

निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए । माओवादी विद्रोह सुरू भएपछि महरा सपरिवार नै भूमिगत भएका थिए ।

६४ वर्षीय कृष्ण वहादुर महरा('अमरसिंह')ले समानुपातिककाे सूचीबाट नामफिर्ता लिएतापनि उनकाे स्थानमा गोरखा जिल्लाको गाईखुरमा २०११ सालमा जन्मेका ६८ वर्षीय पूर्व प्रधानाध्यापक तथा पूर्व मन्त्री हितराज पाण्डेका ठाउँ खाली गरेका छन् ।  कृष्ण वहादुर महरा('अमरसिंह')ले छाडेकाे  समानुपातिककाे सूचीमा ६८ वर्षीय पूर्व प्रधानाध्यापक तथा पूर्व मन्त्री हितराज पाण्डेकाे नाम चढेकाे  छ ।

नेता कृष्ण वहादुर महरा २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता समेत बनेका थिए । २०५० सालमा -क्षेत्रीय सङ्गठन समिति, सदस्य राप्ती, ने.क.पा. (एकता केन्द्र ), २०५१ सालमा पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा (माओवादी),  २०५३ सालमा असार केन्दीय सदस्य,ने.क.पा (माओवादी), २०५५ सालमा पोलिटब्यूरो सदस्य, ने.क.पा (माओवादी),  २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक बनेका थिए ।

२०६० सालमा तत्कालीन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता, २०६१ सालमा पार्टी प्रवक्ता ने.क.पा (माओवादी), २०६२ सालमा स्थायी समिति सदस्य ने.क.पा (माओवादी),२०६२ सालमा असोज सेक्रेटारियट सदस्य, केन्दीय समिति ने.क.पा (माओवादी), २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेश्रो वार्ता टोलीको संयोजक रहेका थिए ।

उच्च सरकारी पदकाे अवसर

२०६३ सालमा  पौषमा अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम व्यवस्थापिका-संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता चयन भएका थिए ।
२०६३ साल  चैतमा सालमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता, २०६४सालमा चैत–संविधानसभा सदस्य निर्वाचित, दाङ क्षेत्र नं.३,
२०६५ साल भाद्र – अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ता २०६५– पार्टी एकतापछि ए.ने.क.पा (माओवादी)को स्थायी समिति सदस्य रहेका थिए ।

२०६६–  अन्तर्राष्टिय ब्युरोको ईन्चार्ज, ए.ने.क.पा (माओवादी), २०६७ ए ने.क.पा (माओवादी) तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा सूचना तथा सञ्चार एव. गृहमन्त्री सेमत हुन सफल भए । २०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख २०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागि राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान वाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य बने भने २०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज रहेर काम गर्ने अवसर पाएका थिए ।

२०७४ साल मंसिरमा सम्पन  आम निर्वाचनपछि सभामुख बन्न सफल  अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको थियाे ।  २०७६ कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा थुनामा रहेका र  ३ महिनापछि अदालतबाट सफाइ पाएपछि थुना मुक्त भएका थिए ।  

संचार मन्त्री, अर्थ मन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत गरेर ६ पटक मन्त्री र प्राय प्रत्येक जसाे  निर्वाचन लडेर जित्दै आएका चर्चित नेता कृष्ण वहादुर महरा('अमरसिंह')ले याे पटक निर्वाचन प्रक्रियाबाटै अलग भएका छन् ।

उनले ३१ वर्षदेखि गर्दै आएकाे संसदीय राजनीति छाडे पनि राजनीितक क्षेत्रमा भने सक्रिय हुने बताउने गरेका छन् । युवा पुस्ताका लागि ठाउँ खाली गर्ने भनेर २०१५ आषाढ १५ गते  जन्मिएका ६४ वर्षीय कृष्ण वहादुर महरा('अमरसिंह')ले समानुपातिककाे सूचीबाट नामफिर्ता लिएतापनि उनकाे स्थानमा गोरखा जिल्लाको गाईखुरमा २०११ सालमा जन्मेका ६८ वर्षीय पूर्व प्रधानाध्यापक तथा पूर्व मन्त्री हितराज पाण्डेका ठाउँ खाली गरेका छन् ।  कृष्ण वहादुर महरा('अमरसिंह')ले छाडेकाे  समानुपातिककाे सूचीमा ६८ वर्षीय पूर्व प्रधानाध्यापक तथा पूर्व मन्त्री हितराज पाण्डेकाे नाम चढेकाे  छ ।

समानुपातिककाे सूचीमा ६८ वर्षीय पूर्व प्रधानाध्यापक तथा पूर्व मन्त्री हितराज पाण्डेकाे नाम चढेपछि प्रचण्डलाई गाेरखाबाट निर्वाचन लड्न अझै सहज भएकाे छ ।